काठमाडाैं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहेको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठूली भिर’सार्वजनिक भएको छ ।
गीतमा गायिका सिम्रन परियार र राजन कार्कीले स्वर दिएका छन् । गीतमा राजन कार्कीको संगीत छ ।
नेपालीपनको आभाष दिने किसिमले गीतको निर्माण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भएसगैँ सामाजिक सञ्जालमा निकै चर्चित बनेकाे छ ।
मौलिक लोकलयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ । सन्जय राईको छायांकन, अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।
मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।
सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर, सईले, आउन मायालु, उखुम, दशैं गोजीमा हाले गीत चर्चामा रहेका थिए ।