फेरि पनि स्थगितको सूचीमा पर्‍यो सन्दीप लामिछानेविरुद्धको मुद्दा-Sutra News

फेरि पनि स्थगितको सूचीमा पर्‍यो सन्दीप लामिछानेविरुद्धको मुद्दा

आइतबार, ७ असोज २०८०

आइतबार, ७ असोज २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछोनविरुद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाई नहुने भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावको कारण बनाउँदै मुद्दा पेशीमा नचढी स्थगित भएको हो ।



यसअघि असोज १ गते पनि न्यायाधीश अभावलाई देखाउँदै मुद्दा पेशीमा चढेको थिएन ।

४३ न्यायाधीशको दरबन्दी रहेको अदालतमा ३५ न्यायाधीश न्यायाधीश छन् । जसमध्ये आइतबार १८ न्यायाधीश मात्रै उपस्थित रहेका थिए ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार सन्दीपको मुद्दाको मिसिल रहेको फाँट नम्बर २८ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि आइतबार स्थगितमा परेको हो ।

उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट न्यायाधीशहरू सरूवा भएर अन्यत्त्र गएको र अन्यत्त्रबाट काठमाडौं सरूवा भएका न्यायाधीशहरू अझै काममा नआइसकेकाले कतिपय मुद्दाहरूको सुनुवाइ स्थगित भएका हुन् ।

यसअघि भदौ २१ मा न्यायाधीश शकुन्तला कार्कीको इजलासले पुनः पीडितको जन्मदर्ता प्रमाणीत गर्न आदेश दिएकी थिइन्। तर, त्यसयता मुद्दामाथि थप सुनुवाई हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट