राष्ट्र बैंकले ल्यायो गाईको चित्र अंकित चाँदीको सिक्का, मूल्य कति ?-Sutra News

राष्ट्र बैंकले ल्यायो गाईको चित्र अंकित चाँदीको सिक्का, मूल्य कति ?

आइतबार, ७ असोज २०८०

आइतबार, ७ असोज २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ चाँदीको सिक्का बिक्रिमा ल्याएको छ । आइतबार गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका छन् ।



महाशाखाले १० ग्राम र २५ ग्राम गरी दुई मोडलका सिक्का ल्याएको छ । महाशाखाले जनाएअनुसार १० ग्रामको सिक्काको मूल्य एक हजार छ सय रुपैयाँ छ भने २५ ग्रामको सिक्काको मूल्य चार हजार रुपैयाँ छ ।

केन्द्रीय बैंकसँग मौज्दात रहेको चाँदीलाई गालेर सिक्का बनाइएको हो । महाशाखाले जनाएअनुसार दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ ।

दर उल्लेख नगरिएको सिक्कालाई ‘मेडालियन’ भन्ने गरिन्छ । दुवै सिक्कामा कुनै पनि दर उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट