घट्यो शेयर बजार : लघुवित्त बाहेक सबै क्षेत्रका लगानीकर्ताले गुमाए नाफा-Sutra News

घट्यो शेयर बजार : लघुवित्त बाहेक सबै क्षेत्रका लगानीकर्ताले गुमाए नाफा

आइतबार, ७ असोज २०८०

आइतबार, ७ असोज २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार १९.४२ अंकले घट्दै बजार २०१०.३५ को बिन्दुमा ओर्लिएको छ ।



बजारसँगै यसअघिको तुलनामा कारोबार रकम पनि घटेको छ । आइतबार ९० लाख तीन हजार नौ सय ४१ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार रुपैयाँको भयो ।

यसअघि बिहीबार ४४ अंकले बढेको बजारमा कारोबार रकम तीन अर्ब माथिको भएको थियो ।

आइतबार नेप्सेको लघुवित्त बाहेकका सबै क्षेत्र राताम्मे बने । कारोबारमा आएका दुई सय ३१ कम्पनीमध्ये एक सय ६६ कम्पनीका लगानीकर्ता घाटामा गए भने ६२ कम्पनीका लगानीकर्ताले केही नाफा कमाए । तीन कम्पनीका लगानीकर्ता भने बराबरीमै रहे ।

आइतबार दोहोरो अंकले बजार घट्दा पनि तीन कम्पनी स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसिएन हाइड्रोको मूल्य सकारात्मक सर्किट लाग्यो भने थ्री स्टार हाइड्रोको मूल्य सर्किट तहमा बृद्धि भयो ।

तर, शुभम् पावर लिमिटेडको मूल्यमा भने आइतबार नकारात्मक सर्किट लागेको छ ।

आइतबार घटेको बजारमा सबैभन्दा धेरै माछापुच्छ्रे बैंक, सनलाइफ नेपाल, शिवम् सिमेन्ट, एनआइसी एसियालगायतको कारोबार उच्च रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट