पेट्रोल भण्डारमा आगो लाग्दा पैंतीस जनाको मृत्यु-Sutra News

पेट्रोल भण्डारमा आगो लाग्दा पैंतीस जनाको मृत्यु

आइतबार, ७ असोज २०८०

आइतबार, ७ असोज २०८०

काठमाडाैं । गैरकानुनी ढंगले बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छ । घटनामा परी १० जनाभन्दा बढी गम्भीर घाइते भएकाे सञ्चारमाध्यमले जनाएका छन्  ।



बेननिको आन्तरिक तथा सार्वजनिक सुरक्षा मन्त्रालयले सञ्चार माध्यमलाइ बताएअनुसार पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ । इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै वारुणयन्त्र, प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन भएकाे थियाे ।

बेनिनमा तस्करी गरिएको पेट्रोल देशको पूर्वी छिमेक नाइजेरियाबाट आउने गरेको छ । नाइजेरिया अफ्रिकाको प्रमुख तेल उत्पादक देश हो जहाँ इन्धन धेरै सस्तो छ ।

मुनाफा कमाउने उद्देश्यले धेरैले गैरकानुनीरुपमा इन्धन भण्डारण गर्दा बेलाबेलामा बेनिन र नाइजेरियामा पनि यस्ता अकल्पनीय दुर्घटना हुने गरेका छन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट