असोज १० देखि जाउवाखेलमा जुत्ता–चप्पल मेला, ५० प्रतिशतसम्म छुट-Sutra News

असोज १० देखि जाउवाखेलमा जुत्ता–चप्पल मेला, ५० प्रतिशतसम्म छुट

आइतबार, ७ असोज २०८०

आइतबार, ७ असोज २०८०

काठमाडौं । आगामी असोज १० देखि दशैं–तिहार लक्षित गरी ललितपुरको जाउलाखेल मैदानमा ‘बडादशैं जुत्ता–चप्पल व्यापार मेला, २०८०’ आयोजना हुने भएको छ । स्वदेशी जुत्ता–चप्पललाई प्रबद्र्धन गर्ने उद्देश्यले ११ उद्योगीहरुको समूहले मेला गर्न लागेका हुन् ।



मेलामा चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी रोयल शु, वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, क्रस रोड शुज, फस्टवाक शुज, सिल, हाई लाईफ, केटिएम, डि.जे. शुज, वेली शुज र कोसेली सुज गरी ११ वटा कम्पनी तथा ब्राण्डहरुको सहभागिता रहने जनाइएको छ ।

असोज १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने मेलामा सबैजसो ब्राण्डका जुत्ता तथा चप्पलको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने आयोजकले जनाएको छ । मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुने जनाइएको छ ।

मेला प्रवेशमा निःशुल्क रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट