

काठमाडौं। दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा भारतले अस्ट्रेलियालाई ४०० रनको विशाल लक्ष्य दिएको छ ।
इन्दोरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९९ रन बनायो । भारतका लागि शुभमन गिल र श्रेयस अय्यरले शतक बनाए । गिल १०४ र अय्यर १०५ रन बनाएर आउट भए । यस्तै सूर्यकुमार यादवले नटआउट ७२, कप्तान केएल राहुलले ५२ र इशान किशनले ३१ रन बनाए ।
बलिङतर्फ अस्ट्रेलियाका क्यामरन ग्रीनले २ तथा जोश हेजलवुड, सेन एबोट र एडम जम्पाले १र१ विकेट लिए ।
अस्ट्रेलियासँगको खेलमा भारतको यो अहिलेसम्मकै ठूलो योगफल हो । यसअघि सन् २०२० मा अस्ट्रेलियाको सिड्नी मैदानमा भारतले घरेलु टोलीसँगको खेलमा ३ सय ८९ रन बनाएको थियो ।
तीन खेलको एकदिवसीय शृङ्खलामा भारत १–० ले अघि छ । पहिलो एकदिवसीयमा भारतले अस्ट्रेलियालाई ५ विकेटले हराएको थियो । शृङ्खला जित्ने सम्भावना कायम राख्न अस्ट्रेलियालाई यो खेल जित्नुपर्ने हुन्छ । यो खेल अस्ट्रेलियाले हारेमा भारतले १ खेलअघि नै शृङ्खला जित्नेछ ।