डेङ्गुले हायलकायल बङ्गलादेश, झण्डै एक हजार पुग्याे मृतककाे संख्या-Sutra News

डेङ्गुले हायलकायल बङ्गलादेश, झण्डै एक हजार पुग्याे मृतककाे संख्या

सोमबार, ८ असोज २०८०

सोमबार, ८ असोज २०८०

काठमाडाैं । बङ्गलादेशमा डेङ्गु संक्रमणबाट झण्डै एक हजार जनाकाे ज्यान गएकाे छ । बङ्गलादेशकाे स्वास्थ्य मन्त्रालयलाई उर्द्धित गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार सेप्टेम्बरसम्म आउँदा डेङ्गुबाट संक्रमण हुनेकाे संख्या झण्डै दुई लाख पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या एक हजार पुगेकाे छ ।



स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कूल ९०९ जना डेङ्ग सङ्क्रमित बिरामीको मृत्यु भएको हो ।

महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

यस वर्ष हालसम्म निको हुनेको सङ्ख्या एक लाख ७६ हजार ३४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट