कोशीका मन्त्रीले लिए शपथ-Sutra News

कोशीका मन्त्रीले लिए शपथ

सोमबार, ८ असोज २०८०

सोमबार, ८ असोज २०८०

काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।



सोमबार साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीद्वय लिलाबल्लभ अधिकारी र बुद्धिकुमार राजभण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राजभण्डारीलाई ऊर्जा, खानेपानी तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यस्तै, नवनियुक्त राज्यमन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङको उपस्थितिमा मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ खुलाएका हुन् । यसअघि मुख्यमन्त्री कार्कीले रामप्रसाद मेहतालाई उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले २० असोजभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना निकै कम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट