दशैंमा एकजनाले १८ हजार मात्र सटही नोट पाउने-Sutra News

दशैंमा एकजनाले १८ हजार मात्र सटही नोट पाउने

मंगलबार, ९ असोज २०८०

मंगलबार, ९ असोज २०८०

काठमाडौँ। नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ ।



राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको हो । राष्ट्र बैंकका अनुसार घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु हुनेछ ।

राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि प्रत्येक वर्ष नयाँ नोट साट्दै आएको छ । राष्ट्र बैंकले नयाँ नोट कति आवश्यक पर्ने हो भनेर विवरण संकलन गरिरहेको र त्यसपछि वितरणको काम गर्ने जनाएको छ ।

यसअघि पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट