काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजारमा सुधार देखिएको छ । मंगलबार १८.४५ अंकले बढ्दै बजार २०२२.९१ अंकको बिन्दुमा उक्लिएको छ ।
यसअघिको तुलनामा कारोबार रकममा पनि सुधार आएको छ । मंगलबार ८७ लाख चार हजार ४७७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब नौ करोड रुपैयाँ बराबरको भयो । यसअघि सोमबार एक अर्ब ५१ करोडको मात्रै कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका दुई सय ३२ कम्पनीमध्ये १९० को मूल्यमा बृद्धि भएको छ भने ३९ कम्पनीको मूल्यमा केही गिरावट आएको छ । तीन कम्पनीको मूल्य भने यसअघिकै तुलनामा स्थिर रह्यो ।
मंगलबार कारोबारका हिसाबले एनआइसी एसिया, सनलाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्यारेन्स, शिवम् सिमेन्टलगायत अग्र रहे ।
बढेको बजारमा छ कम्पनीको मूल्य सर्किट लेबलमा बढ्यो भने दर्जनौ कम्पनीको मूल्यमा उत्साहपूर्ण बृद्धि भयो । कारोबारमा उच्च रहेपनि एनआइसी एसियाको मूल्यमा ३.४० अंकको गिरावट आयो ।