नाफा कमाउनेमा ग्लोबल आइएमई अगाडि, कुन बैंकको नाफा कति ?-Sutra News

नाफा कमाउनेमा ग्लोबल आइएमई अगाडि, कुन बैंकको नाफा कति ?

मंगलबार, ९ असोज २०८०

मंगलबार, ९ असोज २०८०

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले साढे आठ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा कुल आठ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।



नाफा कमाउने वाणिज्य बैंहरुमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि छ । ग्लोबल आइएमईले साउनमा मात्रै ९९ करोड २३ लाख नाफा कमाएको छ ।

यसअघि अग्रस्थानमा रहिरहने नबिल बैंक यसपटक नाफा कमाउनेमा दोस्रो स्थानमा छ । नबिलले यस अवधिमा ७५ करोड ५० लाख नाफा आर्जन गरेको छ ।

साउनमा नाफा आर्जनका हिसाबले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो बनेको छ । बैंकले साउनमा मात्रै ७४ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यसैगरी, हिमालयन बैंक नाफा आर्जनमा चौथो बनेको छ । उसले साउनमा ६३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ ।
साउनमा कुमारी बैंकको नाफामा निकै सुधार आएको छ । ५७ करोड ७१ लाख नाफा कमाउँदै कुमारी नाफा कमाउनेमा पाँचौ नम्बरमा परेको छ ।

यसैगरी साउनमा राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ, प्राइम कमर्सियलले ४२ करोड ४० लाख, लक्ष्मी सनराइजले ४१ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् ।

यसअघि नाफा आर्जनमा सधैँ उत्कृष्टमा परिरहने एनआइसी एसिया बैंक यसपटक नवौं नम्बरमा झरेको छ । एनआईसी एशिया बैंकले ३८ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यसैगरी, एभरेष्ट बैंकले ३६ करोड ७० लाख रुपैयाँ, नेपाल बैंकले ३५ करोड रुपैयाँ, कृषि विकास बैंकले ३३ करोड १० लाख रुपैयाँ, प्रभु बैंकले २९ करोड ९० लाख रुपैयाँ र सिद्धार्थ बैंकले २९ करोड ९० लाख रुपैयाँ नाफा कमाएका छन् । साउनमा सानिमा बैंकले २५ करोड १० लाख रुपैयाँ, सिटिजन्स बैंकले २४ करोड ७० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १८ करोड ८० लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १६ करोड रुपैयाँ बढी नाफा कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट