यी पाँच फलफूल, जसले गर्नेछ डेंगु लाग्दा औषधिकै काम-Sutra News

यी पाँच फलफूल, जसले गर्नेछ डेंगु लाग्दा औषधिकै काम

मंगलबार, ९ असोज २०८०

मंगलबार, ९ असोज २०८०

देशभर डेंगुका बिरामी बढ्दै गएका छन् । बिरामी बढ्दा कतिपय अस्पतालमा बेड नै पाउन पनि गाह्रो छ ।



डेंगु हुँदा उच्च ज्वरो आउने, मांसपेशी र जोर्नी दुख्ने, टाउको दुख्ने आदि समस्या आउँछन् । डेंगुको ज्वरोले रगतको प्लेटलेट्स पनि द्रुत गतिमा घटाउँछ । यस्तो अवस्थामा बिरामीले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ, जसले छिटो निको हुन मद्दत गर्छ।

स्वस्थकर खाना खाँदा डेंगु ज्वरोबाट राहत पाउन सकिन्छ । यस्तो अवस्थामा आज हामी तपाईलाई केही फलफूलको बारेमा बताउनेछौँ, जसको प्रयोगले प्लेटलेट निकै छिटो बढाउन र डेंगुको समस्या घटाउन मद्दत गर्नेछ ।

किवी

पौष्टिक तत्वले भरिपूर्ण किवी डेंगुमा निकै प्रभावकारी हुन्छ । यो फल डेंगु रोगीका लागि रामबाण औषधि नै हो । किवीमा पर्याप्त मात्रामा फाइबर पनि पाइन्छ, जसले पाचन क्रियालाई स्वस्थ राख्छ । किवीले प्लेटलेट काउन्ट बढाउन निकै मद्दत गरेको पाइएको छ ।

अनार

अनार स्वास्थ्यका लागि वरदानभन्दा कम होइन । यसमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । जसले तपाईंलाई धेरै समस्याबाट बचाउँछ। यसमा भिटामिन सी पाइन्छ।

अनारको दाना खाँदा थकान, कमजोरी आदि समस्याबाट छुटकारा मिल्छ । यसले शरीरमा रातो रक्त कोशिकाहरू निर्माण गर्न मद्दत गर्छ। यसका साथै अनारले रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ ।

केरा

पाचन क्रियालाई स्वस्थ राख्न केरा खानु राम्रो मानिन्छ । यो फलाम र फोलेटको एक महत्वपूर्ण स्रोत पनि हो। यसले शरीरलाई उर्जावान राख्न पनि मद्दत गर्छ । केराले प्लेटलेट काउन्ट बढाउन मद्दत गर्छ।

मेवा

मेवाको पातलाई डेंगुको प्रभावकारी औषधि मानिन्छ। यसलाई फलफूलको रुपमा पनि खान सकिन्छ । यसले प्लेटलेट्सको संख्या बढाउन मद्दत गर्छ। फाइबरयुक्त मेवा खाँदा डेंगु ज्वरोबाट निको हुन मद्दत गर्छ ।

नरिवलको पानी

डेंगु ज्वरोमा शरीरलाई हाइड्रेटेड राख्नु निकै जरुरी हुन्छ । यसका लागि नरिवलको पानी पिउन सकिन्छ । जसले गर्दा शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ । नरिवलको पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट