यी ७ खानेकुरा, जसले बढाउँछ यौन क्षमता-Sutra News

यी ७ खानेकुरा, जसले बढाउँछ यौन क्षमता

मंगलबार, ९ असोज २०८०

मंगलबार, ९ असोज २०८०

धेरै जोडीको सम्बन्धमा दरार उत्पन्न हुने कारणमा यौन कमजोरी पनि मुख्यरुपमै पर्दछ । जसकारण यौनलाई सामान्यरुपमा लिन मिल्दैन । जसको समाधान खोजिनु अनिवार्य छ ।



पुरुष वा महिला दुवैमा देखिने कमजोरी कतिपय शारिरीक समस्याले निम्त्याएको हुन्छ भने कतिपय दैनिक खानपानसँग सम्बन्धित समस्याले पनि निम्त्याएको हुन्छ । यहाँ विशेषतः खानपानसँग जोडिएका केही कुरा (जसले व्यक्तिको यौन क्षमतालाई बृद्धि गर्न मद्दत गर्नेछ)सँग सम्बन्धित रहेर चर्चा गर्नेछौं । थाहा पाउनुहोस् यी खानेकुरा खाँदा बढ्छ यौन क्षमता–

अण्डा

अण्डाले प्राकृतिक रुपमा यौन शक्ति बढाउन सहयोग गर्छ । अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ । अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ उर्जा थप्ने काम गर्छ ।

फर्सीको बियाँ

फर्सीको बियाँ महिला र पुरुष दुबैको प्रजनन क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ । त्यसमा जिंक, क्याल्सियम,पोटासियम र फस्फोरसको साथै भिटामिन सी,बी,डी,ई र के पाइन्छ, जसले कामेच्छा उत्पन्न गर्न सहयोग गर्छ ।

केरा

केरा यौनस्वस्थको लागि उपयुक्त हुन्छ । यसमा समावेश ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्न सहयोग गर्छ । यस बाहेक केरामा भिटामिन सी, ए र बी १ भरपुर मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ ।

एभोकाडो

एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा सेक्स हार्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइराइड ग्रन्थिलाई स्वस्थ राख्छ । थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले शरीरलाई ऊर्जा दिने काम गर्छ ।

बदाम

बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौनाङ्गमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ । साथै, महिलालाई पनि यौनप्रति चाहना बृद्धि गर्न यसले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

लसुन

लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौनाङ्गमा रक्तसञ्चार तीव्र गराउँछ । राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग नियमित गर्नुपर्छ ।

बदाम

बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौनाङ्गमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट