आज मिती २०८० साल असोज १० गते बुधबार । तदनुसार सेप्टेम्बर महीनाको २७ तारीख २०२३ भदौ शुक्ल पक्ष त्रयोदशी तिथी आज बिहान ५ बजेर ५४ मिनेट जादा काठमाण्डौं उपत्यकामा झुल्किएको घाम भरे साझ ५ बजेर ५५ अस्ताउने छ । आज विश्व पर्यटन दिवश । अब सुरु गरौं तपाईको आजको राशीफल । सुरुमा
मेष
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साँझतिर ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्।
वृष
स्थितिमा सुधार आउनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।
मिथुन
आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। अरूको सहयोगले काम बन्नेछ।
कर्कट
आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन्। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ।
सिंह
पुरानो समस्याले अलमल्याउन सक्छ। परिस्थितिवश काम रोकिन सक्छ। वादविवादमा अघि नसर्नुहोला। व्यवसायिक काममा केही खर्च लाग्न सक्छ।
कन्या
साँझदेखि स्थितिमा सुधार आउनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्।
तुला
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझतिर भने केही सावधानी अपनाउनुपर्नेछ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रक्रिया नमिल्नाले पनि काम दोहोर्याउनुपर्ला।
वृश्चिक
विभिन्न भौतिक स्रोतसाधन प्राप्त हुनेछन्। साँझतिर भने सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला।
धनु
ईर्ष्या गर्नेहरूले पनि काममा बाधा पुर्याउन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुस्ख पाइनेछ। साँझतिर स्थितिमा सुधार आउनाले केही काम बन्नेछन्। कामको यश लिने अवसर प्राप्त हुनेछ।
मकर
स्थितिमा सुधार आउनाले नयाँ काम गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विभिन्न उपहार प्राप्त हुनेछन्। सहयोगीहरूको साथले रोकिएको काम बन्नेछ।
कुम्भ
सरसापटमा रकम बाहिरिनेछ। परिस्थितिजन्य समस्याले दुस्ख पाइनेछ। साँझतिर यात्रा र किनमेलका लागि सञ्चित रकम खर्च हुनेछ। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ।
मीन
कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनाले धन सञ्चय हुनेछ।