विवाह समारोहमा आगलागी : १०० जनाको मृत्यु, १५० घाइते-Sutra News

विवाह समारोहमा आगलागी : १०० जनाको मृत्यु, १५० घाइते

बुधबार, १० असोज २०८०

बुधबार, १० असोज २०८०

काठमाडौं । इराकको एक विवाह समारोहमा भएको आगलागीमा परी एक सय जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १५० भन्दा बढी घाइते भएका छन् । दुर्घटनामा दुलाहा र दुलाही पनि घाइते भएका छन् ।



सञ्चार माध्यमका अनुसार इराकको निनेवेह प्रान्तको हम्दानिया क्षेत्रमा आगलागी भएको थियो । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन नसकेको बताइएको छ ।

तर, केही सञ्चारमाध्यमले आतिशबाजीपछि विवाह हलमा आगो लागेको बताएका छन् । आगलागी हुँदा यहाँ करिब एक हजार मानिस उपस्थित थिए ।

आगलागीपछि भागदौडकै क्रममा पनि कतिपयले ज्यान गुमाएको बताएको छ । भागदौडका क्रममा विवाह हल पुरै भत्किएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

आगलागीको जानकारी प्राप्त हुनासाथ धेरै दमकल र एम्बुलेन्स घटनास्थलमा पुगेका थिए तथापी, ठूलो आगलागीलाई नियन्त्रण गर्न सहज बनेन ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले घटनाका घाइतेको तत्काल उपचार प्रबन्ध मिलाउन निर्देशन गरेका छन् भने अधिकारीलाई तत्कालै छानबिन गर्न पनि निर्देशन गरेका छन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट