काठमाडौं । ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड प्रयोग गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ ।
बैंकले क्रेडिट कार्डको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक अफर ल्याएसँगै प्रयोगकर्ताले उक्त सुविधा पाउने भएका हुन् ।
बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त अफर ल्याइएको बताएको छ ।
‘पहिलोपटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत वा पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उक्त अफर कात्तिक ३ गतेसम्म चल्नेछ ।