ह्वात्तै घट्यो सुनचाँदीको मूल्य-Sutra News

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

बुधबार, १० असोज २०८०

बुधबार, १० असोज २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सस्तिएको छ । मंगलबारको तुलनामा बुधबार तोलामै आठ सय रुपैयाँले मूल्य घटेको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य सस्तिएसँगै चाँदीको मूल्य पनि सस्तिएको महासंघले जनाएको छ । मंगलबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले घट्दै बुधबार प्रतितोला एक हजार तीन सय ८५ रुपैयाँ कायम भएको छ ।

पछिल्लो तीन दिनमा सुनको मूल्य तोलामै एक हजार दुई सय रुपैयाँले सस्तिएको छ भने चाँदीको मूल्य तोलामै ४५ रुपैयाँले सस्तिएको छ । माग घट्दै जाँदा मूल्य थप घट्दै गएको देखिन्छ ।

सम्बन्धित समाचार

https://sutranews.com/192621/2023/26/

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट