घट्यो शेयर बजार : १९३ कम्पनीका लगानीकर्ताले गुमाए नाफा-Sutra News

घट्यो शेयर बजार : १९३ कम्पनीका लगानीकर्ताले गुमाए नाफा

बुधबार, १० असोज २०८०

बुधबार, १० असोज २०८०

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार १८.६० अंकले घट्दै बजार २००४.३० को बिन्दुमा झरेको छ ।



बजारसँगै कारोबार रकम पनि यसअघिभन्दा निकै कम भएको छ । बुधबार ७० लाख ६१ हजार ४०४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ८१ करोड ४३ लाखमा सीमित भयो ।

बुधबार कारोबार भएका २३० कम्पनीमध्ये १९३ कम्पनीका लगानीकर्ताले नाफा गुमाए भने ३४ कम्पनीका लगानीकर्ताले झिनोरुपमा नाफा कमाए । बुधबार तीन कम्पनीको भने मूल्य स्थिर रह्यो ।

कारोबारका हिसाबले सन लाइफ नेपाल इन्स्योरेन्स, एनआईसी एसिया बैंक, रिलायबल इन्स्योरेन्स, सिवम् सिमेन्ट, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट अगाडि रहे । सनलाइफ नेपालको तीन लाख ८१ हजार ५४८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम सात करोड ६२ लाख २३ हजार रुपैयाँ रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट