जेलेन्स्कीको भ्रमणपछि क्यानडाभित्र विवाद, सभामुखले दिए राजीनामा-Sutra News

जेलेन्स्कीको भ्रमणपछि क्यानडाभित्र विवाद, सभामुखले दिए राजीनामा

बुधबार, १० असोज २०८०

बुधबार, १० असोज २०८०

काठमाडौं । क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् । चौतर्फी विरोध झेल्न नसकेपछि सभामुख एन्थोनी रोटाले मंगलबार राजीनामा बुझाएका हुन् ।



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको क्यानडा भ्रमणको बेला सभामुख रोटाले जेलेन्स्कीसँगै दोस्रो विश्वयुद्धमा रुसविरुद्ध लडाईं लडेका ९८ वर्षीय यारोस्लाभ हुन्कालाई ‘नायक’ भन्दै सम्मान गरेका थिए । सभामुखको प्रस्तावमा हाउस अफ कमन्सका सबै सांसदहरुले उठेर हुन्कालाई अभिवादन टक्य्राएका थिए ।

तर, सभामुखबाट सम्मानित हुन्का हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिक भएको तथ्य खुलासा भएपछि सभामुख र प्रधानमन्त्री जस्टिन ट्रुडोको चौतर्फी विरोध भएको थियो । विपक्षी नेता पियरे पोइलिभ्रेले प्रधानमन्त्री ट्रुडोले सार्वजनिकरुपमा माफी नमागेसम्म विरोधका कार्यक्रम चर्काउने चेतावनी दिएका थिए । विपक्षी दलले सभामुखले राजीनामा दिनुपर्ने बताएको थियो ।

सभामुख रोटाले माफी मागेपनि विरोध नथामिएपछि प्रधानमन्त्री ट्रुडाेले नै राजीनामा दिन सुझाएका थिए । विरोध आफैंमाथि केन्द्रीत हुने देखेपछि ट्रुडोले सभामुखलाई राजीनामा दिन आग्रह गरेका थिए ।

चौतर्फी दबाब र ट्रुडोलाई जोगाउन मंगलबार सभामुखले राजीनामा दिएका हुन् । तर, सभामुखको राजीनामापछि पनि विरोध रोकिएको छैन । ट्रुडोले निमन्त्रणामा जेलेन्स्की आएको भन्दै विपक्षीले विरोध ट्रुडो केन्द्रीत गराएका छन् । एजेन्सीबाट

सम्बन्धित समाचार

https://sutranews.com/192502/2023/25/

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट