गरिमाका ग्राहकले विदेशमा पनि मोबाइल बैंकिङ चलाउन सक्ने-Sutra News

गरिमाका ग्राहकले विदेशमा पनि मोबाइल बैंकिङ चलाउन सक्ने

बिहिबार, ११ असोज २०८०

बिहिबार, ११ असोज २०८०

काठमाडौं । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहने नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।



थुप्रै नेपालीहरुमा विदेशमा रहिरहँदा गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरुको पहुँच हुनेगरी मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ ।

अब विदेशमा बसी गरिमा बैंकमार्फत् मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरी यो सेवा लिनसक्ने बैंकले जनाएको छ ।

साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट