करेला : स्वादमा तितो तर, स्वास्थका लागि अमृत-Sutra News

करेला : स्वादमा तितो तर, स्वास्थका लागि अमृत

बिहिबार, ११ असोज २०८०

बिहिबार, ११ असोज २०८०

करेला खान तितो लाग्छ, यसको रस पिउन त झनै गाह्रो हुन्छ । तर, स्वादमा तितो करेला मानिसको स्वास्थ्यको लागि नै निकै फाइदाजनक छ।



करेलालाई विशेषगरी मधुमेहको औषधि मानिन्छ । गर्मीमा हरेक बिहान करेलाको जुस पिउनाले मधुमेहलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । यति मात्र होइन, यसले तपाईंको छालासँग सम्बन्धित समस्याहरु हटाउनुका साथै तपाईको कपाललाई पौष्टिक खाना पनि दिन्छ । त्यसैले गर्मीमा यसको जुस पिउनु उपयुक्त हुन्छ ।

यसको सेवनले मधुमेहलाई मात्रै नियन्त्रणमा मात्र ल्याउँदैन, अनुहारमा पनि गजबको चमक आउँछ र तौल पनि नियन्त्रणमा राख्न सहयोग गर्दछ ।

करेला धेरैलाई मन नपर्ने भए पनि करेला खान मन पराउनेहरू धेरै छन् । थाहा पाउनुहोस्, करेलाले स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे,,,

टाउकोको लागि करेला

अत्याधिक दुखाइ र टाउको दुख्ने समस्या भएमा करेलाको पातलाई पिसेर निधारमा लगाउने । यसो गर्दा टाउको दुखाईबाट आराम मिल्छ ।

मोटोपना घटाउने

मधुमेहका साथसाथै करेलाको जुसले मोटोपना घटाउन मद्दत गर्छ । यसले इन्सुलिनलाई सक्रिय बनाउँछ, जसले गर्दा शरीरमा उत्पादित चिनीले बोसोको रूप लिन सक्दैन। यसले बोसो घटाउन र नियन्त्रण गर्न मद्दत गर्छ।

यसका साथै करेलामा क्यालोरीको मात्रा निकै कम हुने भएकाले क्यालोरी नियन्त्रणमा रहन्छ र तौल पनि बढ्दैन । यसको सेवनले शरीरलाई राम्रोसँग डिटक्सिफिकेसन गर्छ र तौल नियन्त्रणमा राख्छ ।

मुटुको लागि औषधि

करेलाको रसले रगतमा खराब कोलेस्ट्रोलको मात्रा घटाएर हृदयाघात र स्ट्रोकको जोखिमलाई निकै कम गर्छ। आइरन र फोलिक एसिड प्रचुर मात्रामा हुने भएकाले यसले स्ट्रोकको जोखिम कम गर्न र मुटुलाई स्वस्थ राख्ने काम गर्छ । यसमा पोटासियम प्रचुर मात्रामा पाइने हुनाले यसले शरीरको रक्तचापलाई पनि सन्तुलित राख्छ, जसले शरीरमा अतिरिक्त सोडियम सोस्छ।

पत्थर रोगीहरूको लागि अमृत

करेला पत्थरका रोगीलाई निकै लाभदायक छ । यसको नियमित प्रयोगले ढुङ्गा पग्लिन्छ र बिस्तारै बाहिर निस्कन्छ । २० ग्राम करेलाको रसमा मह मिसाएर पिउँदा पत्थरी पग्लिन्छ र पिसाबबाट बाहिर निस्कन्छ ।

यसको पातको रसमा ५० मिलीलीटर हीङ्ग मिसाएर पिउनाले पिसाब लाग्न मद्दत गर्छ ।

पखालामा लाभदायक

बान्ता, पखाला वा हैजा लागेमा करेलाको रसमा थोरै पानी र कालो नुन मिसाएर सेवन गर्दा तत्काल आराम मिल्छ। करेला कलेजोसम्बन्धी रोगमा पनि निकै फाइदाजनक हुन्छ ।

जलोदर वा कलेजो बढेको अवस्थामा आधा कप पानीमा दुई चम्चा करेलाको रस मिसाएर दिनमा तीन–चार पटक पिउनाले फाइदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट