एकीकृत समाजवादीकाे जागरण अभियान, कहिले कहाँ हुँदैछ कार्यक्रम ?-Sutra News

एकीकृत समाजवादीकाे जागरण अभियान, कहिले कहाँ हुँदैछ कार्यक्रम ?

बिहिबार, ११ असोज २०८०

बिहिबार, ११ असोज २०८०

काठमाडाैं । एकीकृत समाजवादीले यही असोज १४ देखि २९ सम्म जागरण अभियान सञ्चालन गर्ने भएको छ । अभियानका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको छ ।



जागरण अभियान काँकडभिट्टाबाट सुरु भएर सुर्खेतमा समापन हुनेछ । अभियानकाे चरणमा पार्टीले उठाउँदै आएका मुद्दा र कार्ययोजनाबारे जनतालाई बुझाइने एकीकृत समाजवादीले जानकारी दिएको छ ।

जागरण अभियानअन्तर्गतकाे कार्यक्रम कहिले कहाँ ?

एकीकृत समाजवादीले जनाएअनुसार अभियानकाे सुरूवात १४ असोजमा काकडभिट्टाबाट सुरू हुनेछ । जसअन्तर्गत विर्तामोड, दमक, उर्लाबारी वा पथरीमध्ये एक ठाउँ, विराटचोक मोरङमा सभा हुने छ ।

त्यस्तै, १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछ । त्यस्तै १६ असोजमा राजविराज, चिन्न मस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने नेकपा एसले जनाएको छ ।

१७ असोजमा जनकपुरमा पत्रकार सम्मेलन गरी जलेश्वर, ढल्केबर, बर्दीबास र लालबन्दीमा सभा हुँदा १८ असोजमा गरुडा, हर्नैया, कलैया र वीरगञ्जमा सभा हुनेछ । त्यस्तै १९ असोजमा पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ ।

२० असोजमा कावासोती, बर्दघाट र परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ । त्यस्तै सैनामैना, चन्द्रौटा, भालुवाङ लमहीमा २२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा आयोजना हुनेछ ।

२४ असोजमा नेपालगञ्ज, खजुरा, मैनापोखर र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने नेकपा एसको कार्यतालिका छ । त्यस्तै २६ असोजमा लम्की, सुख्खड, अत्तरिया र धनगडी तथा २७ असोजमा पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा सभा हुनेछ । २८ असोजमा छिन्चु र सुर्खेतमा अभियनअन्तर्गतका सभा आयोजना हुने नेकपा एसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट