काठमाडौँ। एक महिलालाई जबरजस्तीकरणी गरेको आरोप लागेका श्रीलंकाली क्रिकेटर दनुस्का गुणथिलका निर्दोष साबित भएका छन् ।
उनीविरुद्ध गत नोभेम्बरमा अस्ट्रेलियाको सिड्नीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।
गत वर्षको टी २० विश्वकप खेल्न अस्ट्रेलिया गएको बेला गुणथिलकामाथि बालात्कारको आरोप लागेको थियो । टी २० विश्वकप सन् २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ अस्ट्रेलियामा आयोजना भएको थियो ।
बलात्कारको आरोप लागेपछि श्रीलंका श्रीकेट (एसएलसी) ले गुणथिलकालाई निलम्बन गरेको थियो ।
ती महिलाले गुणथिलकाले आफूमाथि पटक(पटक बलात्कार भएको आरोप लगाएकी थिइन् । त्यसपछि सिड्नीको प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।
लामो समयसम्मको सुनुवाइपछि गुणथिलका न्यु साउथ वेल्स जिल्ला अदालतबाट निर्दोष साबित भएका हुन् । न्यायालयबाट निर्दोष साबित भएपछि गुणथिलकाले आफू छिट्टै पुनः क्रिकेटमा फर्कने बताएका छन् ।
उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ वटा टी(२० खेल खेलेका छन् । गुणथिलका आक्रामक श्रीलंकन ब्याटरका रूपमा परिचित छन् ।