ओलीको चाहना विपरित बागमतीमा पनि चुनाव-Sutra News

ओलीको चाहना विपरित बागमतीमा पनि चुनाव

शुक्रबार, १२ असोज २०८०

शुक्रबार, १२ असोज २०८०

काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेश कमिटीमा सर्वसम्मत नेतृत्व चयन गर्न खोजिएको प्रयास असफल भएको छ । प्रदेशमा प्यानलगत शैलीमा नै नेतृत्वका लागि प्रतिस्पर्धा हुने भएको छ ।



प्रदेशमा अध्यक्षका लागि दुई जना उम्मेदवार मैदानमा छन् । निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावालीअनुसार अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, उपाध्यक्षमा चार जना, सचिवमा २ जना, उपसचिवमा १० जना गरी प्रत्येक पदमा प्रतिस्पर्धा हुने देखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेशमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न गरेका थिए । तर, उनको प्रयास भने सफल भएन ।

भृकुटीमण्डपमा जारी अधिवेशनको मतदान पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुँदैछ । निर्वाचन कमिटीले बिहान ११ः३० देखि मतदानको समय निर्धारण गरेका छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट