काठमाडौं । कुमारी बैंक लिमिटेडले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले शुक्रबारदेखि एकैपटक पाँच वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शुक्रबार बैंकले काठमाडौंको कपन, सितापाइला र डल्लु र ललितपुर जिल्लाको भैसेँपाटी र टौखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहजरुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखाहरु विस्तार गरेको जनाएको छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने पनि बताएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।