मोरङमा थपियो नबिलको नयाँ शाखा, देशभर शाखाको संख्या २६६-Sutra News

मोरङमा थपियो नबिलको नयाँ शाखा, देशभर शाखाको संख्या २६६

शुक्रबार, १२ असोज २०८०

शुक्रबार, १२ असोज २०८०

मोरङ । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाउँ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकले नयाँ शाखाको उद्घाटन गरेको हो ।



गोठगाउँ शाखाको उद्घाटन पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा.डा.यादव राज कोइराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा अथितिहरु पुर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्चअधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैंकका संचालक पौड्यालले बताएअनुसार पुर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको हो ।

शाखा उद्घाटन गर्दै उप कुलपति कोइरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले पुर्वाञ्चल विश्वविद्यालय, गोठगाउँमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट