वीरगञ्ज। राप्रपा नेपालले असोज १४ गते पर्साको वीरगञ्जमा सभा गर्ने भएको छ।
घण्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिव पराजुलिले जानकारी दिए। पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो।
‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ,’ उनले भने।
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उल्लेख्य जनसहभागिता गराउन जनपरिचालन गरिएको बताए। सभालाई पार्टी अध्यक्ष कमल थापा लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्नेछन्।