मालपोतका नासु र खरिदार घुससहित नियन्त्रणमा-Sutra News

मालपोतका नासु र खरिदार घुससहित नियन्त्रणमा

शुक्रबार, १२ असोज २०८०

शुक्रबार, १२ असोज २०८०

वीरगञ्ज। भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् ।



उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नासु कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

दुवै जनालाई घुस रकम लिइसकेको अवस्थामा इनरुवा नगरपालिका वडा नम्बर ३ मालपोत चोकबाट शुक्रवार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट