मस्जिद लक्षित विष्फोट : ५२ जनाको मृत्यु, ५४ घाइते-Sutra News

मस्जिद लक्षित विष्फोट : ५२ जनाको मृत्यु, ५४ घाइते

शुक्रबार, १२ असोज २०८०

शुक्रबार, १२ असोज २०८०

काठमाडाैं । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ । घटनामा परी ५४ जना घाइते भएकाे अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।



घाइतेहरूको बलुचिस्तान र क्वेटाका अस्पतालमा उपचार भइरहेको जनाएको छ । विष्फोटमा एक जना प्रहरी अधिकारीले पनि ज्यान गुमाएका छन् ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिदलाई लक्षित गरी उक्त विस्फोट गराइएकाे थियाे । बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै, उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले छानबिन आयोग गठन गरेको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले यथाशक्य चाँडो छानबिन प्रतिवेदन पेश गर्न आग्रह गरिएको बताउनुभएको छ ।

क्वेटा र बलुचिस्तानका अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरेका उपचारको व्यवस्था गरिएको छ । अहिलेसम्म विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट