परस्त्रीसँग डेटिङमा फेला परेका स्वास्थ्य शाखा प्रमुख जिम्मेवारी मुक्त-Sutra News

परस्त्रीसँग डेटिङमा फेला परेका स्वास्थ्य शाखा प्रमुख जिम्मेवारी मुक्त

शुक्रबार, १२ असोज २०८०

शुक्रबार, १२ असोज २०८०

काठमाडौँ। झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ ।



‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले बताए ।

उनले स्पष्टीकरण चित्त बुझ्दो नआए विभागीय कारबाहीका लागि सिफारिस गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट