नेपालको टी-२० वरीयतामा सुधार-Sutra News

नेपालको टी-२० वरीयतामा सुधार

शुक्रबार, १२ असोज २०८०

शुक्रबार, १२ असोज २०८०

काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) वरीयतामा नेपालले सुधार गरेको छ।



शुक्रबार आईसीसीले अद्यावधिक गरेको विवरणअनुसार नेपालले टी–२० क्रिकेटमा एक स्थान वरीयता सुधार गरेको हो।

योसँगै नेपाल अब विश्व वरीयताको १६औं स्थानमा चढेको छ। बुधबार मंगोलियाविरुद्धको खेलमा कीर्तिमानी प्रदर्शन गरेसँगै नेपालको वरीयतामा सुधार आएको हो।

मंगोलियाविरुद्ध नेपालले सबैभन्दा धेरै रन ३१४ बनाएको थियो भने २७३ रनको ठूलो जित हात पारेको थियो।

अद्यावधिक वरीयताअनुसार पहिलो स्थानमा भारत नै छ भने दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्यूजिल्याण्ड छ।

चौथो, पाँचौं, छैटौं, सातौं र आठौंमा क्रमशः पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र श्रीलंका हुँदा नवौं, दशौं, एघारौं, बाह्रौं र तेह्रौं स्थानमा क्रमशः बंगलादेश, अफगानिस्तान, जिम्बावे, आयरल्याण्ड र नामिबिया छन्।

चौधौं र पन्ध्रौं स्थानमा क्रमशः स्कटल्याण्ड र नेदरल्याण्ड्स हुँदा सत्रौं स्थानमा युएई छ। पपुवा न्यूगिनी अठारौं, क्यानडा उन्नाइसौं र ओमान बीसौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट