काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली निकट मानिने कैलाश प्रसाद ढुंगेल विजयी भएका छन् ।
उनले ६९६ मतका साथ विजय हासिल गरेका हुन् । यस्तै निकटतम् प्रतिद्वन्द्वी कृष्ण प्रसाद दहालले ४३९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
शुक्रबार मध्यरातमा सार्वजनिक अन्तिम मतपरिणामअनुसार पदाधिकारीतर्फकै उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् । उनी ६१५ मतका साथ विजयी हुँदा सोही पदमा प्रतिस्पर्धा गरेका ईश्वरचन्द्र पोखरेलले २२१ तथा नारायणप्रसाद खतिवडाले २०९ मत पाए । यसैगरी राजेन्द्र राजथलाले ९० मत पाएका छन् ।
यसैगरी सचिव पदमा नवराज सिलवाल जम्मा एक मतले विजयी भए । उनले ५६८ मत पाउँदा हस्तबहादुर पण्डितले ५६७ मत पाए । यसैगरी उपसचिव खुलातर्फ प्रेमबहादुर महर्जन ३६७ मतका साथ विजयी भए । यसैगरी सोही पदका अन्य प्रतिस्पर्धीहरु ओम राज पन्तले ११६, कृष्णहरि थापाले १०८, खड्गबहादुर खत्रीले ११६, टासी लामाले २३२, डबल पाण्डेले ९६, रमेश महर्जनले ७६, राजेन्द्य्र श्रेष्ठले ५८ मत पाए ।
यसैगरी सचिव महिलातर्फ भक्तकुमारी लामाले ५९९ मत पाए । अन्य प्रतिस्पर्धीहरु रिता गौतम ढकालले ५३६, अर्जुन बस्नेतले २३२, अशोक चौलागाईँले ३०१, आरसी रामचन्द्र पौडेलले २४२, उद्धव केसीले २४२, उपेन्द्र पौडेलले २४८, कृष्ण सिलवालले १८२ र कृष्णमान लामाले १३५ मत पाए ।
एमाले बागमती प्रदेशमा सहमतिमा नेतृत्व चयनको प्रयास भएपनि त्यो सम्भव नभएपनि शुक्रबार मतदान भएको थियो । मतदानमा ११३५ मतदाता सहभागी भएको निर्वाचन समितिले जनाएको छ ।