एमालेकै मागबमोजिम छानबिन आयोग बनाउन सत्तापक्ष तयार-Sutra News

एमालेकै मागबमोजिम छानबिन आयोग बनाउन सत्तापक्ष तयार

आइतबार, १४ असोज २०८०

आइतबार, १४ असोज २०८०
फाइल तस्बिर फाइल तस्बिर

काठमाडौं । सुन तस्करी प्रकरणमाथि छानबिन गर्न छानबिन आयोग बनाउने सन्दर्भमा सरकार र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको छलफलमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति जुटेको हो ।



दलहरुबीच आजै बस्ने मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग बनाउने सहमति भएको छ । बन्ने आयोगको कार्यअवधि तीन महिनाको हुने दलहरुबीच सहमति भएको छ ।

एमालेले मागेबमोजिम कार्यादेश

तीन दलबीच भएको सहमतिअनुसार छानबिन आयोगले सबै खालका सुन तस्करीमाथि छानबिन गर्नेछ । आयोगले तस्करीजन्य कार्यको नियन्त्रणका लागि मौजुदा कानूनमा पनि परिमार्जन गराउन सिफारिस गर्न सक्नेछ ।

साथै, आयोगले यसअघिका विभिन्न छानबिनमाथि पनि पुनः छानबिन गर्न सक्ने कार्यादेशका विषयमा दलहरुबीच सहमति भएको छ । साथै, आयोगले छानबिनमा दोषी देखिएकालाई कारबाहीका लागि सिफारिस गर्न सक्नेछ ।

यसअघि आयोगको कार्यादेशका सन्दर्भमा एमालेको अडानका कारण दलहरुबीच सहमति जुट्न सकेको थिएन । तर, सत्तापक्षीय दलहरु लचक भएसँगै पछिल्लो सहमति जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट