पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय, प्रधानमन्त्रीले झपारे निगम प्रमुखलाई-Sutra News

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय, प्रधानमन्त्रीले झपारे निगम प्रमुखलाई

आइतबार, १४ असोज २०८०

आइतबार, १४ असोज २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई झपारेका छन् । सरकारलाई थाहै नदिई किन मूल्य बढाएको भन्दै प्रधानमन्त्रीले झपारेका हुन् ।



बालुवाटार स्रोतले जनाएअनुसार आगामी समय मूल्य घटबढको निर्णय गर्दा पूर्वजानकारी गराउन पनि थानीलाई भनेका छन् । कार्यकारी प्रमुख थानीले जवाफमा स्वचालित मूल्यप्रणालीअनुसार मूल्यवृद्धि गरिएका बताएका थिए ।

थानीसँगको कुराकानीपछि प्रधानमन्त्री प्रचण्डले आज नै मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बताइएअनुसार मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा सहुलियतको घोषणा गर्नसक्नेछ ।

शनिबार निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो। निगमले हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

पछिल्लो मूल्यवृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ भने पेट्रोलको मूल्य १८५ रुपैयाँ, डिजेलको मूल्य १७९ रुपैयाँ पुगेको छ । यस्तै, आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट