महँगी बढिरहने हो भने कांग्रेस सरकारमा बसिरहनुको औचित्य सकियो : प्रदीप पौडेल-Sutra News

महँगी बढिरहने हो भने कांग्रेस सरकारमा बसिरहनुको औचित्य सकियो : प्रदीप पौडेल

आइतबार, १४ असोज २०८०

आइतबार, १४ असोज २०८०

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महँगी निरन्तर बढिरहने हो भने सरकारमा बसिराख्न जरूरी नहुने बताएका छन्।



संघीय सरकारमा कांग्रेसका ९ जना मन्त्री छन्।

उनले महँगी बढिरहने र जनताको ढाड सेकिइरहने हो भने पार्टी सरकारमा बस्नुको औचित्य नहुने बताएका हुन्।

‘महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै जरूरी छैन,’ कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने।

उनले ०८४ को चुनावको चिन्ता गरेको भए पार्टीलाई सत्ता छाड्न वा सरकारमा बसेर काम गर्न आग्रह गरे।

‘केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरूरी छैन। म जान नपाएर भनेको होइन,’ उनले भने, ‘जनताको काम गर्न सत्तामा जाने हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट