काठमाडौँ। अभिनेता अनमोल केसीलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
अदालतले केसीविरुद्ध ३ दिन म्याद थप गर्न अनुमति दिएको हो। शुक्रबार पक्राउ परेका केसीको म्याद आज (आइतबार) नै सकिनेछ। सो अनुसार उनी आजै हिरासमुक्त हुने सम्भावना छ।
केसीलाई थप हिरासतमा राख्नुपर्ने भएमा प्रहरीले भोलि पुनः अदालत उपस्थित गराउनुपर्ने हुन्छ।
केसीलाई शुक्रबार साँझ दोलखाबाट फर्कने क्रममा प्रहरीले काभ्रेको साँगाबाट पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि केसी हिरासतमा नबसेर अस्पताल भर्ना भएका थिए।
उनलाई आइतबार प्रहरीकै समन्वयमा अस्पतालबाट काठमाडौं जिल्ला परिसर टेकु लगिएको थियो। त्यहाँबाट म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्याइएका केसीबारे जिल्ला अदालत काठमाडौंमा बहस भएको थियो।