काठमाडौं । कुमारी बैंकले दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । यो अवसरमा बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हो ।
यो योजनामा २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका चार जना सदस्यलाई एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बीमा तथा एक लाखसम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ ।
साथै, खाता खोलिएको पहिलो वर्षको लागि लकर सुविधामा लकर शुल्कमा एक सय प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट/क्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ ।
यसै अवसरमा बैंकका अन्य बचत खाताहरुमा २० हजार रुपैयाँको मेडिकल बीमा सुविधा प्रदान गर्ने छ । बैंकले सानिमा जीआईसी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीसँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।