उपासना पौडेल बन्दैछिन् हिमालयन रि इन्स्योरेन्सको सीईओ-Sutra News

उपासना पौडेल बन्दैछिन् हिमालयन रि इन्स्योरेन्सको सीईओ

सोमबार, १५ असोज २०८०

सोमबार, १५ असोज २०८०

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त हुने भएकी छिन् । गत साता बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो । उक्त सिफारिस स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको छ ।



गत साता यसअघि हिमालयन रिको सीईओको भूमिकामा रहेका भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी राजीनामा दिएपछि बसेको नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णयलाई प्राधिकरणले स्वीकृति दिएपछि पौडेलले कम्पनीको सीईओ कार्यभार सम्हाल्ने छिन् । साथै उनी नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुनेछिन् ।

उनीसँग बीमा क्षेत्रमा विगत एक दशकभन्दा बढी काम गरेको अुनभव छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतबाट नै बीमा व्यवसायको क्षेत्रमा काम गर्न शुरु गरेकी थिइन् । उनले भारतको भारती एएक्सए जनरल इन्स्योरेन्समा सिनियर हेड, आईसीआईसीआई लम्बर्ड जनरल इन्स्योरेन्स कम्पनीमा सिनियर मार्केटिङ म्यानेजर र टेलिकम कम्पनी भोडाफोनमा सिनियर म्यानेजरका रुपमा तीन वर्ष काम गरेकी थिइन् ।

नेपालमा भने पौडेलले सानिमा जनरल इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरको रुपमा काम शुरु गरेकी थिइन् । सानिमामा २०१८ अगस्टदेखि २०१९ अक्टोबरसम्म काम गरेपछि उनी युनाइटेड इन्स्योरेन्समा डेपुटी सिइओ हुँदै सिइओ सम्मको जिम्मेवारीमा पुगिन् । युनाइटेडमा सिइओ बन्दा उनी सबैभन्दा कम उमेरकी एवम् नेपालकै बीमा क्षेत्रको पहिलो महिला सिइओ बनेकी थिइन् । अप्रिल २०२१ देखि नोभेम्बर २०२२ सम्म उनले युनाइेट इन्स्योरेन्सको सिइओको रुपमा काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट