सस्तिँदै सुन, एक सातामै चार हजारले घट्यो मूल्य-Sutra News

सस्तिँदै सुन, एक सातामै चार हजारले घट्यो मूल्य

सोमबार, १५ असोज २०८०

सोमबार, १५ असोज २०८०

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर घट्दो क्रममा छ ।



पछिल्लो एक सातामा मात्रै सुनको भाउ तोलामा चार हजार तीन सय रुपैयाँले भाउ सस्तिएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत साता (असोज ८) मा प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ सोमबारसम्म आउँदा एक लाख ७ हजार नौ सय रुपैयाँमा झरेको छ ।

आइतबारको तुलनामा सोमबार एक सय रुपैयाँले भाउ घटेको भएपनि साताको सरदर मूल्य हेर्दा औसत दैनिक छ सय रुपैयाँभन्दा बढीले भाउ घटिरहेको छ । यो दर निरन्तर ओरालोमा देखिन्छ ।

सुनसँगै नेपाली बजारमा चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ ।

गत साता (असोज ८) मा तोलाको एक हजार चार सय ३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार आउँँदा एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार चाँदीको मूल्यमा पनि दैनिक औसत १० रुपैयाँभन्दा बढीले घटिरहेको छ ।

महासंघका अनुसार माग आएको कमीसँगै भाउ सस्तिएको हो । मागमा बृद्धि नभए थप सस्तिने अवस्था रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट