शेयर बजार : पाँच अंकले बढ्दा चार कम्पनीको मूल्य सर्किट लेबलमा बृद्धि-Sutra News

शेयर बजार : पाँच अंकले बढ्दा चार कम्पनीको मूल्य सर्किट लेबलमा बृद्धि

सोमबार, १५ असोज २०८०

सोमबार, १५ असोज २०८०

काठमाडौं । लगातारको गिरावटपछि साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा झिनो अंकले बृद्धि भएको छ । सोमबार ५.१९ अंकले बढ्दै बजार १९७६.२९ को बिन्दुमा उक्लिएको छ ।



सोमबार ५७ लाख ७६ हजार ८९६ कित्ता कारोबार शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको रह्यो । जुन यसअघिको भन्दा केहीले कमी हो ।

पाँच अंकले बढेको बजारमा चार कम्पनीको मूल्य सर्किट लेबलमा बढेको छ । सोमबार सिवाइसीएल लघुवित्त, सयपत्री हाइड्रो, इन्फीनिटी लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्य सर्किट लेबलमा बढेको हो ।

सोमबार एनआइसी एसिया बैंक, सिटिजन लाइफ, सोल्टी होटल, एभरेष्ट बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार उच्च रह्यो ।

दुई लाख ८५ हजार ३५२ कित्ता खरिद–बिक्री हुँदा एनआइसीको कारोबार रकम २१ करोड ६८ लाख रुपैयाँ माथि रह्यो । यसैगरी, आइतबारदेखि दोस्रो बजारमा प्रवेश गरेको सिटिजन लाइफको पनि दुई लाख ८७ हजार ५२ कित्ता किनबेच हुँदा कारोबार रकम १२ करोड ८९ लाख रुपैयाँ रह्यो ।

सोमबार कारोबारमा आएका २२७ कम्पनीमध्ये १६३ कम्पनीको मूल्य बढ्यो भने ६४ कम्पनीको मूल्य घट्यो । छ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट