नेपाललाई भ्रष्टहरूको देश भनेर दुनियाँले चिन्ने खतरा पैदा भयो : झलनाथ खनाल-Sutra News

नेपाललाई भ्रष्टहरूको देश भनेर दुनियाँले चिन्ने खतरा पैदा भयो : झलनाथ खनाल

सोमबार, १५ असोज २०८०

सोमबार, १५ असोज २०८०

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाललाई भ्रष्टहरूको देश भनेर दुनियाँले चिन्ने खतरा पैदा भएको बताएका छन्। सोमबारबाट सुरु भएको ‘समाजवादी जागरण अभियान’को उद्घाटन सभालाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।



दलाल पूँजीपतिहरूकै कारण देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको उनको भनाइ छ।

‘दलाल पूँजीपतिकै कारणले यो देशको राष्ट्रियतामाथि खतरा बढेको छ। दलाल पूँजीपतिकै कारणले हाम्रो देशको अर्थतन्त्र संकटग्रस्त बनेको छ, भ्रष्टाचार देशव्यापी रुपमा व्याप्त भइरहेको छ। यो देश भ्रष्टहरूको देश भनेर दुनियाँले चिन्ने खतरा पैदा भएको छ। यो बेथितिको विकल्प के हो तरु हामीले त्यो बताउँदै आइरहेका छौं,’ उनले भने।

साथै, उनले आफ्नो पार्टीले बेथितिको विकल्पको सन्देश बोकेर जनताको घरदैलोमा पुग्न लागेको दाबी गरे।

‘एकीकृत समाजवादी यो विकल्पको सन्देश लिएर जनताकोमा आइरहेको छ। यसको विकल्प भनेको वैज्ञानिक समाजवाद नै हो,’ खनालले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट