कोभिडविरुद्ध ‘एमआरएनए’ खोप बनाउने वैज्ञानिकले पाए नोबेल पुरस्कार-Sutra News

कोभिडविरुद्ध ‘एमआरएनए’ खोप बनाउने वैज्ञानिकले पाए नोबेल पुरस्कार

सोमबार, १५ असोज २०८०

सोमबार, १५ असोज २०८०

काठमाडौँ। सन् २०२३ को ‘फिजियोलोजी तथा मेडिसिन’ तर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले पाएका छन् ।



न्युक्लियोसाइड बेस परिमार्जन गर्दै कोभिड–१९ विरुद्ध प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई नोबेल पुरस्कार प्रदान गरिएको हो । नोबेल फाउन्डेसनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुवै जनालाई पुरस्कार प्रदान गरिएको जानकारी दिएको छ ।

नोबेल पुरस्कार समितिले आधुनिक समयमा मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतराका बेला खोप विकासमा अभूतपूर्व योगदान दिएकोमा उनीहरूलाई पुरस्कार दिइएको बताएको छ ।

परम्परागत खोपमा जुन भाइरसविरुद्धको हो, सोही भाइरसको कमजोर स्वरूप प्रयोग हुने गर्छ । एमआरएनए खोपमा सामान्यतया भाइरसको बाहिरी झिल्लीमा पाइने प्रोटिनको सानो टुक्रालाई प्रयोग गरिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट