अनमोल केसीले फिर्ता गरे सुदर्शनको १० लाख-Sutra News

अनमोल केसीले फिर्ता गरे सुदर्शनको १० लाख

सोमबार, १५ असोज २०८०

सोमबार, १५ असोज २०८०

काठमाडौँ। अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन्।



आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसीले सोमबार निर्मात्री सुप्रिया अर्थात् चन्द्रकला कटुवालको नाममा चेक काटेर रकम फिर्ता गरेका हुन् ।

नबिल बैंकमा आफ्नो नाममा रहेको खाताको चेक केसीले निर्मात्री कटुवाललाई दिएका हुन् । फिल्म ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । केसीले पेश्की रकम लिएर पनि फिल्ममा काम गर्न नमानी आर्थिक विश्वासघात गरेको जाहेरीमा उल्लेख थियो ।

प्रहरीले केसीलाई शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । आइतबार केसीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तीन दिनको अनुमति दिए पनि अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट