काठमाडौँ। चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटतर्फ क्वार्टरफाइनलमा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्दैछ।
अहिले छ ओभरको गेम सकिएको छ। सात ओभरमा ७६ रन बनाएर भारत खेलिरहेको छ। हालसम्म विकेट पतन भएको छैन।
चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि भारतीय टिमका कप्तान रितुराज गाइकवाडले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दि ।
नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।
भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो ।