‘जनयुद्ध दिवस’मा दिइएको बिदा रद्द नगरे सरकारविरुद्ध कदम चाल्ने ओलीको चेतावनी-Sutra News

‘जनयुद्ध दिवस’मा दिइएको बिदा रद्द नगरे सरकारविरुद्ध कदम चाल्ने ओलीको चेतावनी

मंगलबार, १६ असोज २०८०

मंगलबार, १६ असोज २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवस भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदालाई फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएका छन् । अध्यक्ष ओलीले आगामी मन्त्रिपरिषद् बैठकबाट बिदा फिर्ताको निर्णय हुनुपर्ने बताएका छन् ।



आगामी मन्त्रिपरिषद् बैठकबाट बिदा फिर्ताको निर्णय नलिए सरकारविरुद्ध कदम चाल्ने ओलीको चेतावनी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुसँग छलफल नै नगरी ‘जनयुद्ध दिवस’ भनेर बिदा दिइएको बताए ।

“अबको मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध दिवसमा दिइएको बिदा रद्द गर्नुहोस्”, चेतावनीपूर्ण भाषामा ओलीले भनेका छन्, “रद्द गर्नुहुन्न भने हामीले यसका विरूद्ध कदम चाल्नुपर्ने हुन्छ।”

आफूहरूले शान्ति प्रक्रियामा सहमति जनाएको तर, हिंसा सुरू भएको दिनलाई जयगान गर्न नसकिने ओलीको भनाई छ ।

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला शान्ति प्रक्रिया टुंग्याउन खोज्दा प्रचण्डको साथ नपाएको पनि बताए । प्रचण्डले शान्ति प्रक्रियालाई सत्ता प्राप्तिको भर्‍याङ बनाएको ओलीको आरोप छ ।

“सम्माननीय प्रधानमन्त्री, युद्धका घाउ–खाटा सदाका लागि निको पारौं भन्ने हाम्रो प्रयासलाई असफल पारेर परिस्थितिलाई भड्काउने दाउमा हुनुहुन्छ । शान्ति प्रक्रियाको टुंगो होइन, युद्धको प्रक्रियाको सुरुवात गर्न खोज्दै हुनुहुन्छ”, ओलीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट