शेयर बजार राताम्मे : यी हुन् सर्वाधिक घाटामा जाने कम्पनी-Sutra News

शेयर बजार राताम्मे : यी हुन् सर्वाधिक घाटामा जाने कम्पनी

मंगलबार, १६ असोज २०८०

मंगलबार, १६ असोज २०८०

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार राताम्मे भएको छ । १७.५७ अंकले घट्दै बजार १९५८.७२ को बिन्दुमा झरेको छ ।



दोहोरो अंकले घटेको बजारमा कारोबार रकम पनि यसअघिको तुलनामा निक्कै घटेको छ । मंगलबार ३९ लाख ६५ हजार ९१७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब १९ करोड ९१ लाख रुपैयाँमा सीमित भयो ।

मंगलबारको कारोबार रकम दुई साता यताकै सबैभन्दा कम हो । यसअघि सोमबार एक अब ७१ करोडमाथिको कारोबार भएको थियो ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन। जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कुल २३३ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको सेयरमूल्यमा घट्यो भने ४४ कम्पनीको मात्रै शेयर मूल्यमा सामान्य बढोत्तरी भयो । मंगलबार २ कम्पनीको शेयर मूल्य स्थिर रहे ।

कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआईसी एशियाको ५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट