सानिमा बैंकका ग्राहकहरूले दराजबाट सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने-Sutra News

सानिमा बैंकका ग्राहकहरूले दराजबाट सामान किन्दा २० प्रतिशतसम्म छुट पाउने

मंगलबार, १६ असोज २०८०

मंगलबार, १६ असोज २०८०

काठमाडाैं । नेपालीहरुको महान चाड बडा दसैँको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।



योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने जनाइएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।

यो योजना २०८० आश्विन १७ देखि ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट