जिएआइ फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पाे असोज १८ देखि-Sutra News

जिएआइ फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पाे असोज १८ देखि

मंगलबार, १६ असोज २०८०

मंगलबार, १६ असोज २०८०

काठमाडाैं । ‘जिएआइ फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३’ असोज १८ गतेदेखि सुरू हुने भएको छ। खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित उक्त एक्स्पो नेपालमा सबैभन्दा तीव्र वृद्धिदर भएको यस क्षेत्रको एकमात्र बृहत एक्स्पाे हो।



नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५ हजार ५०० रहेको छ। जसमध्ये २४ हजार ९४० खाद्यान्न उत्पादनमा संलग्न छन् भने बाँकी ५६० पेय पदार्थ उत्पादनमा संलग्न छन्।

साथै, खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिहरूको संख्या ९३ हजार ८०६ छ जसमध्ये ८४ हजार २ सय १७ जना खाद्यान्न उत्पादन क्षेत्रबाट र ९ हजार ५८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न छन्।

जिएआइ एक्सपोले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ। जसमध्ये लगभग १५ हजार व्यावसायिक आगन्तुकहरूको अपेक्षा राखेको छ।

एक्सपोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट, किराना–पासल, बेकरी, स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधन उत्पादकहरूका मालिक तथा प्रबन्धकहरू केटरहरू, शेफहरू, बारटेन्डर र बरिस्टाहरूको सहभागिता बाक्लो रहने बताइएको छ। यो एक्स्पो खानपिन केन्द्रित भएकोले उपभोक्ताहरूको पनि बाक्लो उपस्थिति रहने आयोजक बताउँछन्।

यस मेलामार्फत् आगन्तुकहरूले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् साथै गत वर्षको तुलनामा यस वर्ष २५५ ले प्रदर्शकहरूको संख्यामा पनि वृद्धि रहेको आयोजकले जानकारी दिएको छ। मेलामा पाँच हजार उत्पादन सेवाहरू, २०० कम्पनीहरू रहनेछन् भने एक हजार ८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू सञ्चालन हुनेछन्।

कार्यक्रममा कम्पनीहरुले आफ्ना उत्पादनहरुको विशेषता, स्किम वा अफर्स, स्वाद आदिको बारेमा विस्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर हुनेछ।

साथै, यो कार्यक्रम खाद्य, पेय र आतिथ्यबारे अवलोकन गर्न, अन्तर्क्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट