कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा कारागार चलान-Sutra News

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा कारागार चलान

मंगलबार, १६ असोज २०८०

मंगलबार, १६ असोज २०८०

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटा कारागार चलान भएका छन्।



जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको सोमबारको इजलासले सापकोटालाई जेल चलानको आदेश दिएको हो।

अदालतको आदेशपछि उनलाई जेल चलान गरिएको छ। खुकरी प्रहार गरेपछि पक्राउ परेका सापकोटाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

१० वर्षसम्म कैद सजाय मागदाबी गर्दै दायर भएको मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

गत भदौ २० गते रिपोर्टस् क्लबमा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहारपछि सापकोटा राजसंस्था जिन्दावाद भन्दै चिच्याएका थिए।

प्रहरीले पक्राउ गर्दैगर्दा सापकोटाले एमसीसी खारेज गर भन्दै नारासमेत लगाएका थिए। नुवाकोटको विदुर नगरपालिका–७ घर भएका ४७ वर्षीय सापकोटा राजसंस्था चाहिने भन्दै कराएका थिए। सापकोटाको खुकुरी आक्रमणबाट घाइते भएका सहमहामन्त्री यावदको ट्रमा सेन्टरमा उपचार गराइएको थियो। उपचारपछि ठिक भएर उनी डिस्चार्ज समेत भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट